अफगानिस्तानको शाहजोय जिल्लामा १३ तालिबान लडाकू मारिए

तस्बिरः एजेन्सी


अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन गरिएको यस अभियानमा चार जना लडाकू घाइते भएका थिए ।
उक्त क्षेत्रमा विद्रोहीहरुलाई सफा नगरेसम्म कारबाही जारी रहने प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ । तालिबानी संगठनले यस कारबाहीको बारेमा केही टिप्पणी गरेका छैनन् ।

प्रकाशित मिति: : 2019-10-15 15:14:32

प्रतिकृया दिनुहोस्