नेपालमा प्रहरीसँग ८२ कुकुर : अनुसन्धानमा मानिसभन्दा कुकुर विश्वसनिय

तस्वीर सौजन्य: नेपाल प्रहरी

'१३ वर्षीय निर्मला पन्तको घटनामा कुकुर किन प्रयोग गरिएन? निर्मला पन्त प्रकरणमा नेपाल प्रहरीले कुकुर प्रयोग नगरेपछि सबैभन्दा बढी सुनिएको प्रश्न हो यो। 
कुकुर कस्तो अवस्थामा प्रयोग हुन्छ। किन प्रयोग भएन भन्ने कुरा छुट्टै होला।तर, यही भनाइले पुष्टि गर्छ कि नेपालमा मानिस अविश्वसनिन बन्दैगएको छ भने कुकुरमाथि विश्वास बढ्दैछ।

घटनाको अनुसन्धानमा प्रहरीको तालिमप्राप्त कुकुरको भूमिका महत्वपुर्ण भएकाले कुकुरको सङ्ख्या बढाइरहेको छ।नेपाल प्रहरीले घटनाको अनुसन्धानमा सहयोग गर्ने थप चारवटा कुकुर ल्याएको छ।विस्फोटक पदार्थ र हातहतियारको अनुसन्धानमा सहयोग गर्नको लागि थप चारवटा कुकुर ल्याइएको हो, केन्द्रीय कुकुर तालिम केन्द्रका प्रहरी निरीक्षक रामचन्द्र सत्याल भन्छन्।

अनुसन्धानमा कुकुरको माग बढेसँगै बेल्जियम सेफर्ड जातको कुकुर ल्याइएको जानकारी दिदै प्रहरी निरीक्षक सत्याल अगाडि भन्छन्न् ’चारवटा कुकुर आइसकेका छन्। हामी तालिम दिएर अनुसन्धानमा प्रयोग गर्छौ।'

बेल्जियम सेफर्ड प्रजातिको कुकुरले हातहतियार तथा विस्फोटन पदार्थको अनुसन्धान गर्छ। प्रहरीले टेन्डर आह्वान गरेर एउटा कुकुरको करिव साढे चार लाख रुपैयाँ तिरेर ल्याएको हो।प्रहरीले ल्याएको एउटा कुकुर तीनमहिना र तीनवटा चार महिनाका छन्।

अब नेपाल प्रहरीसँग  ट्रयाकर डग, लागू औषध पत्ता लगाउने, विस्फोटक तथा हातहतियार पत्ता लगाउने, गस्ती, सुरक्षा, खोजी एवम् उद्दार गरी विभिन्न ६ विधामा काम गर्ने ८२ कुकुर छन्। केन्द्रीय कुकुर तालिम केन्द्रमा मात्र ४८ वटा कुकुर छन्। त्रिभुवन विमानस्थलमा ७ वटा कुकुर खटाइएका छन्। सबैभन्दा बढी २८ वटा जर्मन सेफर्ड छन्। प्रहरीसँग अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन ४ दिनसम्मको घटनामा अनुसन्धान गर्ने कुकुर समेत छ। ब्लड हाउन्ड जातको कुकुरले ९६ घण्टासम्मको अनुसन्धान गर्न सक्छ।

प्रहरीले कुकुरको लागि घटनाको अनुसन्धान गर्न लैजान गाडीमा नै खोर भएको सुरक्षित गाडीसमेत ल्याउन लागेको छ।केही समय भित्र नै खोरसहितको गाडी ल्याउने नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

'अनुसन्धानमा कुकुरको माग बढेको छ। केही घटना कुकुरको माध्यमले पनि पत्ता लागेका छन्।' निरिक्षक सत्यालले भने। गत असोज ८ गते पोखरा २२ पम्दिभुम्दीकी १० वर्षीया बालिका श्रेया विक मामाघरबाटै बेपत्ता भइन्। प्रहरीले हरेक कोणबाट अनुसन्धान गर्यो।घटना न्यारोडाउन नभएपछि प्रहरीले कुकुरको सहायता लिएको थियो।

४ नम्बर प्रदेश प्रहरी कार्यालय कुकुर शाखाबाट प्रहरी नायव निरीक्षक बिक्रमबहादुर थापाको कमाण्डमा प्रहरीको तालिमप्राप्त कुकुर कुशल घटनास्थलमा पुग्यो। । कुशललाई हार्नेस लगाइयो। त्यसपछि रगत लागेको ढुङ्गा सुँघाइयो। प्रहरीको तालिम प्राप्त कुकुरले अपराधीको बारेमा शंकेत गरेपछि घटनाको अनुसन्धान गर्न सहज भएको थियो।

प्रकाशित मिति: : 2019-04-29 03:25:36

प्रतिकृया दिनुहोस्