पोखरा विश्वविद्यालयमा तनाव ! प्रहरीसँगको झडपमा एक विद्यार्थी घाइते

पोखरा-पोखरा विश्वविद्यालयको नियमविपरित क्याम्पसले भर्ना लिएका ३ सय ४४ विद्यार्थीलाई परीक्षामा सहभागि गराउन सर्वोच्चले दिएको आदेशको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनमा प्रहरी विद्यार्थीबीच झडप भएको छ।

अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेविसंघका विद्यार्थी प्रदर्शन सहित केन्द्रीय क्याम्पसका सबै विभाग कार्यालयमा तालाबन्दी गर्न खोज्दा आइतबार प्रहरीको हस्तक्षेपबाट विद्यार्थी मुकेश मेहता घाइते भएका छन्। मेहताको लेखनाथ सामुदायिक अस्पताल शिशुवामा उपचार भई घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2019-04-28 20:06:12

प्रतिकृया दिनुहोस्