चन्द्रागिरिमा कटेजको ईआईए स्वीकृत गराएर कंक्रिट टावर

चन्द्रागिरि हिल्स लिमिटेडले वातावरणमैत्री कटेज बनाउने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सरकारबाट स्वीकृत गराएर भालेश्वर डाँडामा कंक्रिट टावरहरू खडा गरेको छ । ईआईएअनुसार छुट्टाछुट्टै ४० वातावरणमैत्री कटेज निर्माण गर्नुपर्नेमा उसले एकै ठाउँमा ८ भन्दा बढी कंक्रिट भवन निर्माण गरेको छ ।

वातावरणविद्हरूले चन्द्रागिरिले बनाएको ‘चन्द्रागिरि हिल्स रिसोर्ट’ लाई कटेज भन्न नमिल्ने बताएका छन् । लामो समय तत्कालीन वातावरण मन्त्रालयमा ईआईए महाशाखामा काम गरेका पूर्वसहसचिव बटुकृष्ण उप्रेतीले भने, ‘कटेज बनाउँछु भनेर ईआईए स्वीकृत गरी त्यसविपरीत संरचना बनाएको देखिन्छ, त्यो कटेज होइन टावरजस्तो संरचना भयो ।’

प्रकाशित मिति: : 2019-04-28 11:18:47

प्रतिकृया दिनुहोस्