जापान शनिबार आएको शक्तिशाली आँधीपछि सरकारले दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। सरकारले झण्डै सत्ताइस हजार सैनिक तथा अन्य कैयन् उद्धारकर्ताहरू पीडितलाई राहत पुर्याउन खटिएको जनाएको छ।
जापानी समाचार संस्था एनएचकेका अनुसार हगिबिस नाम दिइएको उक्त आँधीमा परि कम्तीमा ३७ जनाको ज्यान गइसकेको छ । उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली भएको बताएको छ।आँधीका कारण १७ जना हराइरहेका छन् भने आँधीका कारण १८९ जना घाइते भएका छन् ।
हगिबिस आँधीका कारण राजधानी टोक्योको दक्षिणी भेगमा आएको बाढीका कारण जमीन भासिँदै गएको छ। र बाढी समेत आएको बताइएको छ।नगानो प्रान्तस्थित जापानको चर्चित बुलेट रेललाई पानीले घेरेको छ भने अलपत्र परेका स्थानीयलाई हेलिकप्टरको सहायताले घरका छानाबाट उद्धार गरिएको छ।
टोक्योको उत्तरतर्फ पर्ने कावागोयमा आपत्कालिन उद्दारकर्ताहरूले नर्सिङ होममा फसेका मानिसहरूको उद्धारका लागि डुङ्गाको प्रयोग गरेका छन्।करिब चारलाख घरहरूमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ।