'जुत्ता सिलाएरै श्रीमतीलाई नर्स पढाउँछु'

भरत राम र उनकी श्रीमती दिपाली

ललितपुरको सातदोबाटो-हात्तीवन सडक किनार उनी पाँच महिनादेखि पुराना जुत्ता-चप्पल र झोला सिलाइरहेका छन्।

उध्रिएको सिलाएर आफ्नो जीवन उनिरहेका यी व्यक्ति हुन् सर्लाही, मलंगहवाका भरत राम।

भरतको विशेषता के भने, यही सडकमा उनी ३५ वर्षदेखिको पुस्तैनी व्यापार धानिरहेका छन्। अर्थात्, भरतका बाबु ठागा राम सातदोबाटो क्षेत्रमा जुत्ता सिलाएर बसेको ३५ वर्ष भयो।

भरतलाई यहाँ सडक किनार पसल चलाउन थाल्दा सुरूमा अप्ठ्यारो भएको थियो। विभिन्न बहानामा उनलाई हटाउन खोजियो। तर, बाबुको ३५ वर्षे बिरासतले आफूलाई हटाउने प्रयास विफल भएको उनी सुनाउँछन्।

प्रकाशित मिति: : 2019-04-25 21:24:44

प्रतिकृया दिनुहोस्