नेपालकी नम्बर १ गल्फर प्रतिमा: 'हरियो-छाप्रो'देखि टाइगर उडको 'गुड-बुक'सम्म

नेपालकी नम्बर १ महिला गल्फर प्रतिमा शेर्पाको चर्चा यतिबेला चुलिएको छ। 

रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को तेस्रो ग्रिनमा बसोबास गर्दै आएकी प्रतिमा सानो उमेरदेखि गल्फ खेल्दै आएकी छन्। आमाबाबु त्यही गल्फ कोर्समा काम गर्ने भएकाले उनका लागि गल्फ सानैदेखि अपरिचित रहेन। 

उनको ईच्छा र प्रतिवद्धता देखेर आरएनजीसी उनलाई ११ वर्षकै उमेरमा छात्रवृत्ति दियो । त्यही छात्रवृतिमा ११ वर्षको हुँदा पहिलोपटक गल्फ स्टिक समातेकी प्रतिमाले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन। हालसम्म उनले ३५ उपाधि जितिसकेकी छिन् ।

अहिले उनी अमेरिकामा पीजीए टुरमा छिन्। महान गल्फ खेलाडी टाइगर उडसँग भेटेेर प्रशिक्षणसमेत लिने मौका पाएकी उनको वृतचित्र ट्रेन्डिङमा छ। इएसपीएनले बनाएको वृतचित्रका कारण उनी संसारभर पुगेकी छिन्। र, आम मानिसको प्रेरणास्रोत बनेकी छिन्। 

छाप्रोबाट उठ्दै टाइगर उड्सलाई समेत भेट्न पाएकी प्रतिमाको कथा सबैका लागि प्रेरणादायी छ। हामी पनि उनको सफलताको सम्मान गर्दै उनीमाथि ईएसपीएनले बनाएको वृतचित्र यहाँ प्रस्तुत गरेका छौं ।

यहाँ क्लिक गरेर प्रतिमाको वृतचित्र हेर्नुहोस् ।
प्रतिमा शेर्पा; हरियो छाप्रोदेखि टाइगर उडको गुडबुकसम्म

प्रकाशित मिति: : 2019-04-25 05:04:49

प्रतिकृया दिनुहोस्