रामेछाप – काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच फेर्न अहिले विमानस्थल १० घन्टा बन्द हुँदै आएको छ । काठमाण्डौको चाप कम गर्न लुक्ला जाने विमानलाई रामेछापको मन्थलीबाट पठाउने व्यवस्था गरिएको छ ।
रामेछापबाट लुक्लाका लागि अहिले दैनिक ४६ वटासम्म उडान भएपछि धेरै पाइलटहरु रामेछापका होटलमा बस्दै आएका छन् । पाइलट सुविधाभोगी हुन्छन् भन्ने गरिन्छ । सर्वसाधारणसँग झट्ट नजिक नपर्ने भएकाले उनीहरुको बानी, व्यवहार कस्तो हुन्छ, कस्तो ठाउँमा बस्छन होला भन्ने धेरैलाई चासो पनि लाग्छ ।