फेरि उत्तर कोरियाले समुद्रमुनिबाट क्षेप्यास्त्र परीक्षण गर्‍यो

तस्बिरः एजेन्सी

उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ।परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण हो।

बुधवार स्थानीय समयानुसार बिहान सात बजे सो परीक्षण गरिएको थियो।उत्तर कोरियाली समाचारसंस्था केसीएनएका अनुसार बाह्य आक्रमणको जोखिम कम गर्न बनाइएको पुक्गुक्सङ–३ क्षेप्यास्त्र आकाशतर्फ प्रक्षेपण गरिएको थियो।

दक्षिण कोरियाका अनुसार सो क्षेप्यास्त्र ४५० किलोमिटरको दुरी र ९१० किलोमिटरको उचाइ प्राप्त गरेको थियो।सो क्षेप्यास्त्र जापान सागरमा समुद्रमा खसेको संचार माध्यमहरुले दाबी गरेका छन् ।

यो परीक्षण उत्तर कोरियाले अमेरिकासँग पुनः परमाणु निरस्त्रीकरणसम्बन्धी वार्ता सुरु गर्ने बताएको केही समयमा गरिएको थियो।रोएटर्स समाचारसंस्थाका अनुसार सन् १९९० को दशकमा बनाइएका उत्तर कोरियाका पनडुब्बीहरू ७,००० किलोमिटर यात्रा गर्न सक्ने क्षमताका छन्।ती अमेरिकाको हवाई राज्यसम्म पुग्न सक्छन्।

डिजेलले चल्ने भएकाले ती पनडुब्बीले बढी आवाज निकाल्छन्।

प्रकाशित मिति: : 2019-10-03 14:54:13

प्रतिकृया दिनुहोस्