राजविराज- सरकारी छाप कीर्ते गरेको आरोपमा एक पूर्व सांसदसहित अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पूर्वसांसद तथा राजपाका केन्द्रीय सदस्य बिपी यादव र केन्द्रीय सदस्य नै रहेका हरिनारायण मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
यादव पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक सभासद् थिए। उनी रातो पासपोर्ट काण्डमा समेत मुछिएका थिए।