के हेरेर बस्छन् राष्ट्रपति, प्रधानमन्त्रीका सल्लाहकार ?

उज्यालो

राष्ट्रपति विद्यादेवी भण्डारी गएको फागुन २३ गते एउटा मन्दिरमा बनेको विद्युतीय भर्‍याङ (लिफ्ट) उद्घाटन गर्न पोखरा पुग्नुभयो। लिफ्ट उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पोखराको धार्मिक पर्यटन प्रबर्द्धनका लागि यो कोशेढुंगा सावित हुने भन्दै प्रशंसा गर्न पनि छुटाउनु भएन।

हुन्डाई मोटर र लक्ष्मी ग्रुप दुई व्यापारिक घरानाले संयुक्त लगानीमा मन्दिरमा लिफ्ट बनाइदिएका थिए। त्यही व्यापारिक घरानाको निमन्त्रणामा राष्ट्रपति भण्डारी मन्दिरको लिफ्ट उद्घाटन गर्न पोखरा पुग्नुभएको थियो।

लिफ्ट उद्घाटन गर्न पनि राष्ट्रपतिलाई लगिएको विषयमा सामाजिक सञ्जाल केही दिन चर्चाको विषय बन्यो। राष्ट्रपतिलाई स–साना कार्यक्रममा लगेर विवादमा पार्न नहुने कतिपयले सुझाव दिए। कतिपयले भने राष्ट्रपतिको सचिवालय तथा सल्लाहकार समूहले के हेरेर बस्छन् भन्दै आलोचना गरे। राष्ट्रपतिकाे राजनीतिक, सामाजिक र मानवअधिकार विज्ञ सुशील प्याकुरेल हुनुहुन्छ भने उहाँसँगै सचिवालय टाेली पनि छ...

प्रकाशित मिति: : 2019-04-17 22:30:40

प्रतिकृया दिनुहोस्