विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रदर्शन गरेको छ । १ घण्टा गरिएको प्रदर्शनमा प्रधानमन्त्री निवासको जग्गा नै गम्भीर अपचलनमा परेको समाचार बाहिर आएपछि सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए । उनले विरोध प्रदर्शनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दवाव दिइएको बताए । 

प्रकाशित मिति: : 2019-04-15 13:35:11

प्रतिकृया दिनुहोस्