हङकङ प्रदर्शन: एमटीआर स्टेसनमा आगजनी, विभिन्न स्थानमा प्रहरीमाथि पेट्रोल बम प्रहार

तस्बिरः एजेन्सी

हङकङको सरकार विरोधी प्रदर्शनमा आइतबार एमटीआर स्टेसनमा आगजनी भएको छ।

कजवे बेस्थित सोगो डिपार्टमेन्ट नजिकै रहेको एमटीआर स्टेसन अगाडि सरकार विरोधी प्रदर्शनकारीले आगजनी गरेको एससीएमपीले जनाएको छ।यससँगै प्रदर्शनकारीले हङकङका विभिन्न स्थानमा प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्। उनीहरुले कम्युनिष्ट झण्डा पनि जलाएका छन्।

प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन दर्जनौं प्रदर्शनकारीलाई हिरासतमा लिएका छन्। हङकङमा गत शुक्रबार र शनिबार पनि सरकार विरोधी प्रदर्शन भएको थियो।

सो क्रममा सरकार वरोधी प्रदर्शकारी र सरकारका समर्थकबीच पनि झडप भएको थियो।


शुक्रबार र शनिबार दुई तथा आइतबार दुई गरी चार सरकारका समर्थकहरु प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका छन्।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2019-09-29 16:42:07

प्रतिकृया दिनुहोस्