सुरक्षा नीति विश्लेषण : हस्तक्षेप बढ्यो

तस्बिरः अन्नपूर्ण

काठमाडौं : सरकारले आन्तरिक मामिलामा बाह्य शक्तिका हस्तक्षेपकारी गतिविधि बढ्दै गएको निष्कर्ष निकालेको छ। यस्ता गतिविधि मुलुकको सार्वभौमिकता र स्वतन्त्रताका चुनौती एवं खतरा रहेको उसको विश्लेषण छ। तिनको नियन्त्रणका लागि सरकारले राष्ट्रिय सुरक्षा मजबुत बनाउने र एकताको भावना बढाउने पहल थाल्दै छ।

‘विभिन्न बहानामा नेपालमाथि लगाइने कुनै पनि प्रकारको बन्देज तथा नाकाबन्दीलाई सोही प्रकारको चुनौतीका रूपमा लिइएको छ’, राष्ट्रिय सुरक्षा नीति–२०७५ (रासुनी–२०७५) को प्रस्तावित मस्यौदामा उल्लेख छ, ‘साथै असमान सन्धिसम्झौताहरू राष्ट्रिय हितअनुकूल पुनरवलोकन हुन नसक्नु र साइबर हमलालाई पनि राष्ट्रिय सुरक्षाको खतरा र चुनौतीका रूपमा हेर्नुपर्छ।’ मस्यौदामा मुलुकमा हुन सक्ने हवाई आक्रमणलाई पनि सार्वभौमिकता र स्वतन्त्रताको चुनौती/खतरामा राखिएको छ। खुला सीमालाई पनि अर्को खतराका रूपमा सरकारले लिएको छ।

प्रकाशित मिति: : 2019-04-11 08:03:17

प्रतिकृया दिनुहोस्