सहरी विकास मन्त्रालयले देशका विभिन्न स्थानमा ४५ वटा नयाँ सहर निर्माण गर्ने भएको छ । मन्त्रालयले २७ वटा नयाँ सहर, १३ वटा स्मार्ट सिटी र ५ वटा हिमाली सहरका रूपमा विकास गरिने भएको हो । सहरी विकास तथा भवन निर्माणअन्तर्गत सहरी विकास आयोजनाले सहरहरू निर्माण गर्न अध्यनय कार्य अगाडि बढाएको छ ।
२७ वटा नयाँ सहरमध्ये मध्य पहाडी लोकमार्गमा अवस्थित १२ वटा सहरको अध्ययन सकिएको आयोजना प्रमुख किशोर लाल महाजुले बताए । त्यस्तै, हुलाकी लोकर्मागमा अवस्थित १० नयाँ सहर, तराई मधेस अवस्थित ५ नयाँ सहर, १३ वटा स्मार्ट सिटी र पाँचवटा हिमाली सहरको अध्ययन कार्य अगाडि बढाइएको छ ।