कालो पोशाक र निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा

Break n Links
Break n Links

प्रतिनिधिसभा बैठक सुरु हुनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले शुक्रबार कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन्।

मानव तस्करीको विरोध स्वरुप कालो पोशाक र निलो रिबन लगाएर संसद् बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनीहरुले सामूहिक तस्विर पनि खिचाए।

भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’प्रतिकका रुपमा रहेको जनाएका छन्।

यसअघि पनि उनीहरुले निलो रिबन लगाएर सदनमा उपस्थित भएपछि नेपाली कांग्रेसले ‘अमर्यादित’ पोसाक भन्दै टिप्पणी गरेको थियो।

यता, सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेपनि रास्वपाले अवरोध जारी रहने जनाएको छ।

सोही क्रममा रास्वपाका सांसद मनिष झाले नेपालमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी सम्बन्धी संगठित अपराधको विरोध स्वरुप कालो कपडा र निलो रिबन लगाएको बताए।

उनले भने, ‘प्रतिनिधि सभाको बैठकमा विरोध स्वरुप सबैले कालो कपडा र निलो रिबन लगाएका छौं। निलो रिबन मानव तस्करी विरुद्धको विश्वव्यापी संकेत हो। अहिले नेपालमा भइरहेको भिजिट भिसाको नाममा जुन मानव तस्करी सम्बन्धी संगठित अपराध भइरहेको छ त्यसको विरोध विगत २२ दिनदेखि १५ वटा बैठकमा गरिरहेका छौं र त्यो विरोधको आज पनि निरन्तरता दिएका छौ।’
 

प्रकाशित मिति: : 2025-06-20 12:15:00

प्रतिकृया दिनुहोस्