मान्छे जलाएर राजतन्त्र नफर्किने प्रचण्डकाे ठाेकुवा (भिडियाे समाचार)

सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन्।

उनले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरू नै बढी प्राथमिकता दिनुनपर्ने भएकाले शिक्षकहरूका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताएका हुन्।

बजेट अधिवेशनमा शिक्षा विधेयकलाई एक नम्बरको बुँदामा राखी टुंग्याएर अर्को विषयमा जान सम्भव नभएको उनको भनाइ थियो।

भिडियो-

000

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न्।

मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक आव्हानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाइएको हो।

शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन गर्ने निर्णय गरेको थियो।

000

चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि कार्यदल गठन गरेको छ।

आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १८औं बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको नेतृत्वमा कार्यदल गठन गरिएको थियाे। 

000

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान सुरु भएको छ। 

उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँको महिला सेलमा उजुरी परेपछि अनुसन्धान अगाडी बढाएको हो।

अनुसन्धान अगाडी बढेपछि झा भने मोबाइल बन्द गरेर फरार छन्। उनी भारत भागेको प्रहरीको आशंका छ। 

000

वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार सो कार्यमा संलग्न तीन जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको हो।

त्यसका साथै दूबईबाट चैत–३१ गते काठमाडौं आएका मोरङका सञ्जय ओझामाथि दुर्व्यवहार गर्ने उनीहरूमाथि  अनुसन्धान पनि भइरहेकाे उनले बताएका थिए।

000

कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्दै साइकल खोस्ने नगर प्रहरी कारबाहीमा परेका छन्। 

बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक मजदुरको साइकल नै खोसेर अमर्यादित ढङ्गले व्यवहार गरेको भन्दै नगर प्रहरीलाई कारबाही गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका हुन्।

पाण्डेका अनुसार मंगलबार बिहानैदेखि कवाडी संकलनकर्ताले हल्ला गरेर हिँड्ने गरेको भन्दै स्थानीयले उजुरी दिएपछि त्यहाँ कवाडी सङ्कलकलाई नियन्त्रणमा लिन नगर प्रहरी खटाइएको थियो। 

000

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई मतिले काम गर्न चेतावनी दिएका छन्। 

बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले कांग्रेसकै साझेदारीमा बनेको सरकारले अब मतिले काम गरोस् भन्दै चेतवनी दिएका हुन्। 

कांग्रेस र एमाले मिलेर सरकारको सरकारले उद्देश्यअनुसारको काम गर्न नसकेको उनको आरोप थियो। 

000

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मान्छे जलाएरले राजतन्त्र नफर्किने बताएका छन्। 

बुधबार पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आयोजित जनसभामा बोल्दै उनले जनताको घरमा आगो लगाउँदै मान्छे जलाएर राजतन्त्र नफर्किने बताएका हुन्। 

कसैको दानबाट नभई नेपाली जनताको अभिमतले नेपालमा गणतन्त्र आएको  प्रचण्डको भनाइ थियो। 

000

नेपाली कांग्रेसनिकट नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यहरूले सामूहिक रूपमा राजीनामा बुझाएका छन्।

बुधबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भेटेर नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट महिला संघ केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा बुझाएका हुन्।

अध्यक्ष उषाकुमारी राउत मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै २० केन्द्रीय सदस्यहरूले राजीनामा दिएका हुन्।

000

आइसिसी यू-१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटमा नेपालले सुरूवाती तीन खेल जितेको छ।

पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमानलाई ८ विकेटले हराएको नेपालले बुधबार तल्लो मुलपानी मैदानमा भएको खेलमा हङकङलाई ९ विकेटले पराजित हाे। 

लगातार तीन जित निकालेको नेपालले अब शनिबार अफगानिस्तानसँग निर्णायक खेल खेल्नेछ।

प्रकाशित मिति: : 2025-04-16 20:50:00

प्रतिकृया दिनुहोस्