हाेटलमा सँगै बसेका युवककाे मृत्यु, युवती पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

झापाको बिर्तामोडमा रहेको एक होटलमा युवकको शव फेला परेको छ।

एभरेष्ट होटल एण्ड लजमा बास बसेका झापाकै हल्दीवारी–१ गोलधापका घर भएका ३० वर्षीय सागर बेस्राको शव शुक्रबार बिहान फेला परेकाे हाे। 

गएराति युवतीसँगै होटलमा बास बसेका बेस्राकाे शव फेला परेपछि उनीसँगै बसेकी युवती र होटल सञ्चालक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सुनसरीको धरान–१५ घर भइ हाल झापामा बसोबास गर्दै आएकी  २३ वर्षीया मुना विक र होटल सञ्चालक यामकुमारी उप्रेती रहेका छन्। 

प्रकाशित मिति: : 2025-02-07 12:04:00

प्रतिकृया दिनुहोस्