विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री आरजुकाे फाेन

फाइल तस्बिर
फाइल तस्बिर

परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन्।

हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री आरजुले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन्।

अराघ्चीले हमासका अधिकारीसँग अब हुने वार्तामा विपिन रिहाईको विषय प्राथमिकताका साथ उठाउने आश्वासन दिएको मन्त्री राणाको सचिवालयले जनाएको छ।

हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहललाई जारी राखेको छ। यसक्रममा मन्त्री राणाले अघिल्लो सातामात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी पहलका लागि आग्रह गरेकी थिइन्।

प्रकाशित मिति: : 2025-02-07 10:55:00

प्रतिकृया दिनुहोस्