बिएल संवाददाता
भारतको नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा २ जनाको मृत्यु भएको छ। भग्नावशेषमा कयौं मजदुरहरू फसेका छन्।
सोमबार साँझ करिब सात बजे ४ तले भवन भत्किएको दिल्ली प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाएलगत्तै ठूलो रेस्क्यु अपरेसन सञ्चालन गरिएको थियो।
हालसम्म १२ जनालाई जीवितै उद्दार गरिएको छ। १५ जना मानिसहरू भग्नावशेषमा पुरिएको अनुमान गरिएको छ।
२०० स्क्वायर यार्डमा फैलिएको भवन भर्खरै निर्माण भएको बताइएको छ। भवन निर्माणमा खटिएका मजदुरहरू सोही बिल्डिङमा बस्दै आएका थिए।
दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले घटनाप्रति दुःख व्यक्त गरेका छन्। भवनको भग्नावशेष ज्यादै धेरै भएकोले उद्दारमा समस्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया