बिएल संवाददाता
सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल १४ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेकाे छैन।
नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का पाएको थियो।
२०७९ वैशाख ११ मा ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। तर पुलको काम सुस्त गतिमा भैइरहेको मत्सरीका युवा पवन गुप्ताले बताए।
उनका अनुसार पुल बनेपछि बसतपुर, बडहर्वा, राजदेवीलगायतका वासिन्दालाई सहज हुनेछ। अहिले यहाँका वासिन्दा बर्खाको समयमा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएका छन्।
तोकिएको समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न आहिले सहज थियो। वाग्मती नदीले कटानमा पारेपछि केहीको खेतवारि सर्लाहीतिर छ ।
अहिले खेतीको कामका लागि डुंगा चढेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको गुप्ताले बताए।
माधवकुमार नेपालले शिलान्यास गरेको पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ ।
पुलको काम अहिले पनि भैइरहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ।
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया