बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ।
सिमरा–काठमाडौँ उडानको लागि २ हजार ३ सय भन्दा बढी भिजिविलिटी आवश्यक पर्छ।
तर भिजिविलिटी कम हुँदा उडानहरू प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
सिमरा विमानस्थलका प्रमुख बिष्णु प्रसाद अधिकारीले पुसको दोस्रो सातादेखि नियमित उडानहरू प्रभावित भएको बताए।
मौसममा देखिएको खराबी(कम भिजिविलिटी) का कारण आज (बुधबार ) पनि उडान प्रभावित भएको उनले जानकारी दिए ।
सिमरा विमानस्थलबाट काठमाडौँको लागि बुद्ध एयरलाइन्सले दैनिक ७ वटा, यतिले २ उडान भर्दै आएको छ।
सिमरा विमानस्थलबाट काठमाडौँका लागि दैनिक ८ देखि ९ सम्म उडानहरू हुने गरेको जनाएको छ।
रौतहट सहित बारा, पर्सा, मकवानपुर, छिमेकी मुलुक भारतबाट दैनिक एक हजारदेखि १ हजार ५ सय यात्रुहरू सो विमानस्थलबाट सिमरा काठमाडौं आवतजावत गर्ने गर्दछन्।