रास्वपा कार्यकर्ताद्वारा अदालत अगाडि प्रधानमन्त्रीविरुद्ध नाराबाजी, सहकारी पीडितको विरोध

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले मंगलबार दिउँसो कास्की जिल्ला अदालत अगाडि निषेधित क्षेत्र तोडेर वर्तमान सरकार र प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका छन्।

सुर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस सकिएर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की फिर्ता लैजाने क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका हुन्।

कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीले घेरा हालेर प्रत्रकारहरूलाई समेत अलमलमा पारेर रवि लामिछानेलाई प्रहरी भ्यानमा लैजाने क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र कास्की जिल्ला अदाता अगाडी उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले सरकार र प्रम ओलीको विरुद्ध नाराबाजी मात्र गरेका हुन्। 

उनीहरूले नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध पनि चर्को नाराबाजी गरेका थिए। उक्त विराेध प्रदर्शनमा सहभागी केही रास्वपाका कार्यकर्ताहरूले वर्तमान सरकारको राजीनामा पनि माग गरेका थिए।

राष्ट्रिय स्वन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले अदालत अगाडि सरकारविरुद्ध नाराबाजी गरेर शहिदचोक पुगेपछि जम्मा भएका सुर्यदर्शन सहकारी पीडितहरू जिल्ला अदालत अगाडि जम्मा भएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूको चर्को विराेध गरेका थिए।

उनीहरूले अदालतमा मुद्दा चलिरहेका बेला कसैले अदालतको काम कारबाहीलाई प्रभाव पार्न नहुने जिकिर गरेका थिए।

प्रकाशित मिति: : 2025-01-08 08:47:00

प्रतिकृया दिनुहोस्