चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म जंगली जनावरकाे आक्रमणबाट १३ जनाकाे मृत्यु हुँदा सर्पदंशबाट ७० जनाले ज्यान गुमाएका छन्।
नेपाल प्रहरीले उपलब्ध गराएकाे तथ्यांकअनुसार मंसिर महिनासम्म हात्तीकाे आक्रमणबाट सबैभन्दा धेरै ६ जनाकाे मृत्यु भएकाे छ। त्यस्तै गैंडाकाे आक्रमणबाट ४ जना र बाघको आक्रमणबाट ३ जनाकाे मृत्यु भएकाे छ।
त्यस्तै जंगली जनावरकाे आक्रमणबाट घाइते हुनेहरूको संख्या पनि उच्च छ। साेही अवधिमा हात्ती र गैंडाकाे आक्रमणबाट १४/१४ जना घाइते हुँदा बाघको आक्रमणबाट २४ जना घाइते भएका छन्।
त्यस्तै साेही अवधिमा सर्पदंशकाे कारण ७० जनाले ज्यान गुमाएका छन्।
केही दिनअघि प्रधानमन्त्री केपी ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने टिप्पणी गरेका थिए।