बिएल संवाददाता
नेकपा एमालेबाट निष्कासित भएका डा. भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्नैप्रश्न वर्षाएका छन्।
बुधबार काठमाडाैँकाे बबरमहलस्थित कार्की व्याङक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले अध्यक्ष ओलीमाथि प्रश्नमार्फत आक्राेश पाेखेका हुन्। उनले अध्यक्ष ओलीकाे नैतिकता, कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
उनले शान्ति प्रक्रिया, संविधान निर्माणलगायतका जटिल र कठिन कामहरुमा पार्टीले दिएको जिम्मेवारीअनुसार भूमिका पूरा गरेकाे तर आफ्नाे ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोजेकाे आराेप लगाए।
‘शान्ति प्रक्रिया, संविधान निर्माण लगायतका जटिल र कठीन कामहरुमा पार्टीले दिएको जिम्मेवारी अनुसार भूमिका पूरा गरें । मैले जति पनि जिम्मेवारी लिएँ वा काम गरें सदैव देश र जनताको हित, स्वाधीनता, स्वाभिमानलाई सर्वोपरी राखेर गरे। सिद्धान्त, आदर्श र इमान्दारीलाई आत्मसात् गरें’, उनले भने, ‘तर मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ बर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने तर पार्टीले प्रतिक्रियावादी र देशघाती भनेकाहरु, भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरुसंग साँठगाँठ गरी के.पी. ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोज्नु भएको भनी पत्याइ दिनुपर्ने हो र?’
उनले केपी ओली गुटको कोपभाजनमा पारेर निरंकुश र अन्यायपूण किसिमले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रुपमा जीवन पर्यन्त रहिरहने आफ्नाे अवस्था रहेन र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्प बाटोमा हिड्न बाध्य भएको बताए।
‘मैले पाँच दशक काम गरेको पार्टी देश र जनताको लागि उपयोगी होस् भन्ने उद्देश्यले यसका घोषित सिद्धान्त, नीति, कार्यक्रम, विधि र उद्देश्य विपरीत के.पी. ओलीबाट भइरहेका क्रियाकलाप औंल्याउँदै आएँ । कतिको आलोचना गर्दै रहे । सुध्रिनुको साँटो झन आफैले प्रतिगामी भनेकाहरुसंग साँठगाँठ गर्दै देशभक्त, मूल्य र मान्यतमा हिड्नेहरु केपी ओली गुटको कोपभाजनमा पर्नथाले । यस्तै कोपभाजनमा पारेर निरंकुश र अन्यायपूण किसिमले सदस्यता नै खाए पछि पार्टीको कर्मठ सदस्यका रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्प बाटोमा हिड्न बाध्य भएको छु’, उनले भने।
स्पष्टीकरणबारे उनले थपे, ‘२०८१ साल कार्तिक ६ गते मलाई पठाइएको कथित स्पष्टिकरण पत्र हेर्दा एमालेको इतिवृत्तान्तको सम्झना भयो। आश्चर्य लाग्यो। स्पष्टिकरण पत्र हो या द्वेषपत्र, द्विविधा भयो। पत्रमा मलाई सदस्य वा महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य केही पनि सम्बोधन गरिएको छैन। यो केपी ओली गुटको म प्रतिको चरम द्वेष, पूर्वाग्रह र निषेधात्मक मनस्थितिको प्रतिविम्ब होइन र?’
पूर्णपाठ
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया