जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्यामपसका विद्यार्थीहरु आन्दोलित भएका छन्।
बुधबार (भोलि) देखि सुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरु बिहानैदेखि विरोधमा उत्रिएका हुन्।
विद्यार्थीहरुले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखेको काठका सामाग्रीहरुमा आगोसमेत लगाएका छन्।
यसअघि आजसम्म कहिले राराबा क्यामपसको परीक्षा केन्द्र अन्य क्याम्पसमा राखिएको थिएन। नियतवस निजी क्यामपसका सञ्चालकहरुको पैसाको चलखेल र मिलेमतोमा नौ सय जना विद्यार्थीबाहेक बाँकी विद्यार्थीहरुको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन्।
उनीहरुले यो निर्णय आजै नसच्चयाए भोलि मधेश प्रदेशभरी कुनै ब्याचलर लेभलको परीक्षा हुन नदिने चेतावनी दिएका छन्।