आज बौद्धधर्मालम्बीहरूले तोल ल्होसार मनाउँदै

आज बौद्धधर्मालम्बीहरुको दोस्रो ठुलो चाड तोल ल्होसार पर्व मनाइँदै छ। यो पर्व नयाँ वर्षको स्वागतका लागि मनाउने सबैभन्दा पुरानो ल्होसार हो। 

पौष शुक्ल प्रतिपदाको दिनमा हिमाली क्षेत्रका मानिसहरुले धुमधामका साथ यो चाड मनाउने गर्दछन्। बिषेशगरी यो पर्वमा आकाशतर्फ गहुँको पिठो उडाएर देवताको विजय र भुतको पराजयको कामना गरिन्छ।

त्यसैगरी मान्यजनहरुको आर्शिवाद लिई बाबरी रोटी, फुरौला, कन्दमुल खाएर तोल ल्होसार मनाइन्छ। तोलको अर्थ समयचक्र हुन्छ। त्यसैले यो ल्होसारलाई समयचक्र संवत्सर पनि भन्ने गरिन्छ।

यो ल्होसार सोनाम ल्होसार जस्तैगरी मनाइन्छ। 

प्रकाशित मिति: : 2024-12-31 08:51:00

प्रतिकृया दिनुहोस्