काँग्रेसभित्र शेरबहादुर देउवाले गुट फस्टाउन दिएको शेखर कोइरालाको आरोप

Break n Links
Break n Links

नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले नै गुट फस्टाउन दिएकाे आराेप लगाएका छन्। 

सोमबार काठमाडौँमा कृष्णप्रसाद भट्टराई केन्द्रको १०१औँ जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले हाल पार्टीभित्र गुट फस्टाउने देउवाबाट नै भएको आराेप लगाए।

 उनले हाल पार्टीभित्र विचलन रहेकाे पनि बताए। ‘यतिबेला पार्टीमा विचलन छ। यस्तोबेल सभापतिज्यूले केही सुन्दै नसुन्ने हो भने अप्ठयारो पर्छ,’ उनले अगाडि भने,‘यसलाई व्यवस्थापन कसले गर्ने भन्दा किशुनजी (कृष्ण प्रसाद भट्टराई)कै अनुयायी अहिलेका आदरणीय सभापतिले गर्ने हो। गुटलाई फस्टाउने अवसर उहाँले सिर्जना गरिरहनुभएको छ। यस्तोबेला परिस्थिति अफ्ठ्यारो हुँदो रहेछ।’

डा.कोइरालाले अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ यस्तो अवस्थामा किसुनजी, बीपी कोइराला, गणेशमान सिंह र अन्य नेताहरुले के भूमिका खेल्नुहुन्थ्यो होला भन्ने अनुमान लगाउन मन लाग्ने बताए ।

उनले प्रजातन्त्रका सामान्य कुराहरु नेपाली काङ्ग्रेसले नछाडिकन अगाडि बढ्न सक्नुपर्ने बताए।

प्रकाशित मिति: : 2024-12-23 20:23:00

प्रतिकृया दिनुहोस्