मानव बेचबिखनविरुद्धकी अभियन्ता, शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ।
जोरपाटीस्थित निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी हुन्।
उनका श्रीमानले आज बिहान ५ बजेतिर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए। त्यसपछि नेपाल मेडिकल कलेज जोरपाटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो। त्यस्तै अमेरिकी विदेश मन्त्रालयले उनलाई सन् २०१८ मा टिप हिरोको उपाधिले सम्मान गरेको थियो।
पारिवारिक स्राेतका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन।
यो कथा हो- भारतको कोठीमा बेचिएकी सुनिता दनुवारको। लाउलाउ खाउँखाउँ भन्ने उमेरमा सुनिता आफन्तबाट बेचिन विवश भइन्। सानोमा बेचिएकी सुनितालाई परिवारले संरक्षण दियो। तर, आमाबुवाको समीपमा पुगेर पनि उनी दोस्रो पल्ट दलालको फन्दामा यो पनि पढ्नुहोस्: