नेपाली काँग्रेसका महामन्त्री तथा संघीय संसदका सांसद गगनकुमार थापाले जनकपुर बाेल्ड्सका समर्थकलाई हाेच्याउने गरी व्यवहार भएकाेप्रति दु:ख व्यक्त गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा भएकाे नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुरका समर्थकलाई हाेच्याउने गरी केहीले नश्लीय र साम्प्रदायिक व्यवहार गरेका थिए।
उक्त व्यवहारप्रति दु:ख लागेकाे थापाले सामाजिक सञ्जालमा लेख्दै व्यक्त गरेका छन्। उनले उक्त घटनामा संलग्नलाई कारबाहीकाे माग पनि गरेका छन्।
यसअघि नश्लीय र साम्प्रदायिक व्यवहार भएकाे भन्दै मधेसी आयोगले गृह मन्त्रालयलाई कारबाहीकाे माग गरेकाे थियाे।