नेपाल पत्रकार महासंघको नेतृत्वका लागि मतदान सम्पन्न भएलगत्तै निर्मला शर्माको प्यानल अगाडि रहेको छ।
शुक्रबार केन्द्रीय कार्यालय सिनामंगलमा मतगणना सुरु भएसँगै सबै जिल्लाहरुमा युनियन र चौतारीको प्यानल अगाडि रहेको महासंघ कार्यवाहक अध्यक्ष बाला अधिकारीले बताइन्। तर अन्तिम मत परिणाम ३ बजेभित्र आइसक्ने अधिकारीले बताइन्।
उनले भनिन्, ‘देशैभरिको अवस्था हेर्दाखेरी युनियन र चौतारीको प्यानल अगाडि देखिन्छ। काठमाडौंमा अलिकति फरक छ। बाहिर र काठमाडौंको मतपरिणाम अहिलेसम्म गणना भएकोमा निर्मला शर्माको अग्रता छ। सम्भवत यहीँ प्यानल नै अन्तिमसम्म आउँछ होला। तर सदस्यहरुमा मिश्रीत रुप देखिएको छ। प्रदेश अध्यक्षहरुमा पनि मिश्रीत नतिजा आउने देखिएको छ। तर केन्द्रमा पदाधिकारी चाँही गठबन्धनकै आउने देखिएको छ।’
साथै उनले नेतृत्व जे जस्तो आए पनि पत्रकार महासंघको जित भएको बताइन्। उनले लामो समयदेखी निर्वाचन हुन नसक्दा अन्यौंलताको भ्रमलाई चिर्दै पत्रकार महासंघले चुनाव गेरेरै जित दर्ता गरेको बताएकी हुन्।
काठमाडौं जिल्ला शाखामा कुल मतदाता १ हजार ६४ जना छन्। यसैवीच विभिन्न जिल्ला शाखाहरुबाट चुनावी परिणाम आउन थालिसकेको छ। शुक्रबार साँझ ८ बजेसम्म इलाम, तेह्रथुम, ओखलढुंगा, खोटाङ, दोलखा, अर्घाखाँची, रोल्पा लगायतका जिल्लाको मत परिणाम आएको छ।
स्रोतका अनुसार अधिकांश ठाउँमा युनियन र चौतारीको गठबन्धनले जित हात पारेका छन् भने कतिपय ठाउँमा बागीले समेत जितेका छन्। केन्द्रीय पदाधिकारीमा पनि सत्ता पक्षीय गठबन्धनलाई ‘बागी’ ले चुनौती दिने सम्भावना विभिन्न जिल्लाको मत परिणामले देखाएको छ।