बिएल संवाददाता
पछिल्लाे समय सबैभन्दा चर्चित फिल्म बनेकाे छ,'पुष्पा–२'। उक्त फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेकाे छ।
एक्सन, क्राइम र ड्रामाले भरिपूर्ण फिल्मले भारतीय बक्स अफिसमा एक सातामा ६४७ करोड ३१ लाख भारू कमाएको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ।
उक्त फिल्ममा काम गरेबापत अल्लु अर्जुनले ३०० कराेड लिएका थिए। र, महँगा अभिनेता बने। तर अहिले अल्लुलाई त्यही फिल्मले प्रहरीकाे फन्दामा पुर्याएकाे छ।
गत डिसेम्बर–४ मा हैदराबादको सन्ध्या थिएटरमा तेलुगु सुपरस्टार अल्लु अर्जुनकाे फिल्म पुष्पा–२ प्रर्दशन भइरहेकाे थियाे।
त्यहीक्रममा थिएटरमा भागदाैड मच्चियाे। जहाँ ३५ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भए।
मृतक महिलाकाे परिवारले दिएकाे उजुरकाे आधारमा प्रहरीले थिएटरका एक सञ्चालक, सिनियर म्यानेजरर, इञ्जार्जलगायत अल्लुलाई पक्राउ गरेकाे हाे।
खासमा अल्लु उक्त घटनाकाे कारण तेलंगाना उच्च अदालत पुगेका थिए।
एक रिपोर्टका अनुसार, अल्लुले बुधबार तेलंगाना उच्च अदालतमा निवेदन दिएका थिए।
महिलाको मृत्यु प्रकरणमा आफूविरुद्ध दर्ता भएको एफआइआर खारेज गर्न माग गर्दै निवेदनको सुनुवाइ नभएसम्म पक्राउ र अन्य कानुनी कारबाही रोक्न आग्रह गरेका थिए।
भलै, यसअघि अल्लुले मृतककाे परिवारप्रति समवेदना व्यक्त गरेका थिए र, २५ लाख भारू दिने घाेषणा समेत गरेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया