अर्थ समितिका सभापति सन्तोष चालिसेले देशको बजार सुधारन्मुख रहेको दाबी गरेका छन्।
बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३०औँ वार्षिक साधारण सभामा बोल्दै सभापति चालिसेले बजारमा पैसा अभाव नभए पनि त्यसले अपेक्षाकृत गतिशीलता लिन नसकेको बताएका हुन्।
उनले भने, ‘पैसाको खाँचो छैन। पैसै पैसा छ तर बजार चलायमान छैन। यो बडो दुःखको कुरा हो। तर अहिले सुधार भइरहेको छ। व्यवसायिक साथीहरूले काम गरिरहनु भएको छ तर त्यो काम बाहिर आउन सकेको छैन। बजार सुधारन्मुख छ अहिले।’
चालिसेले विगतका केही चुनौतीपूर्ण घटनाक्रमले देशको व्यवसाय क्षेत्रमा गहिरो प्रभाव पारेको भन्दै त्यसको असर अझै देखिन सकिने पनि बताएका छन्। उनले कोभिड–१९ महामारी, २०७२ सालको विनाशकारी भूकम्प र त्यतिबेलाको आर्थिक मन्दीले गर्दा व्यवसायले अझै पुरानो लय समात्न नसकेको धारणा व्यक्त गरेका छन्।
‘१६ प्रतिशतको ब्याजदर ८ प्रतिशतमा झरे पनि बैंकहरूमा ऋण लिन कोही आउन सकेका छैनन। किनभने, कोभिड र भूकम्पजस्ता घटनाले व्यापार व्यवसाय थला परेको थियो, जसको प्रभाव अझै पनि व्यवसायिक क्षेत्रमा देखिएको छ। पुराना ऋणका बोझले सबैजना समस्यामा छन्। त्यसैले निर्माण क्षेत्रले पनि गति लिन सकेको छैन,’ उनले भने।
चालिसेले सुधारका लागि आवश्यक नीतिगत परिवर्तन र सहजीकरणको खाँचो रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन्।
उनका अनुसार, व्यवसायिक क्षेत्रमा अझै सुधारको सम्भावना छ, तर त्यसका लागि सरकारले सहजीकरणको वातावरण तयार पार्नुपर्ने र व्यवसायीहरूलाई थप सहयोग पु¥याउनुपर्ने आवश्यकता रहेको छ।
सभामा अन्य वक्ताहरूले पनि व्यवसायिक क्षेत्रमा देखिएका चुनौती र त्यसका समाधानका उपायहरूबारे छलफल गरेका थिए। अर्थ समितिका सभापति सन्तोष चालिसेले बजार सुधारन्मुख रहेको बताएका छन्।
बिहीबार स्टक ब्रोकर एसोसिएसनको को ३०औँ वार्षिक साधारण सभामा बोल्दै सभापति चालिसेले भने, ‘पैसाको खाँचो छैन। पैसै पैसा छ तर बजार चलायमान छैन। बडो दुखको कुरा छ। तर, अहिले सुधार भएको छ। व्यवसायिक साथीहरु काम गरिरहनु भएको छ। तर, त्यो काम बाहिर आउन सकेको छैन। सुधारन्मुख छ अहिले।’
चालिसेले कोभिड, ०७२ सालको भुकम्प लगायतका समयमा थला परेको व्यवसायले गर्दा बैंकको व्याजदर घट्दा पनि बैंकहरुमा ऋण लिने कोही नभएको बताएका छन्।
‘१६ प्रतिशतको व्याजदर ८ प्रतिशतमा झर्दा पनि बैंकमा ऋण लिने कोही छैन। किनभने, कोभिड, ०७२ सालको भुकम्प लगायतको बेलामा थला बसेको व्यापार व्यवसाय अहिलेसम्म उठ्न सकेको छैन। त्यहीँ बेलाकाृे ऋणले सबै थला बसीरहेको छ। निर्माण हुन सकिरहेको छैन।’