बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।
वीरगञ्ज महानगरपालिका–६ मा रहेकाे सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेकाे प्रकरणमा बुधबार लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार जिल्ला अदालत पर्साले लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राईलगायत १४ जनालाई पक्राउ गर्न अनुमति दिएकाे छ।
सानो पाइलाकाे साढे ८ करोड रूपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा लगिएकाे देखिएकाे प्रहरीले जनाएकाे छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछाने र पूर्वडीआईजी जोशी हाल प्रहरी हिरासतमा छन्। चितवनको साहारा सहकारी ठगी प्रकरणमा रविमाथि अहिले चितवनमा बयान भइरहेकाे छ।
यसअघि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनकाे आरोपमा उनलाई काठमाडौँ ल्याएर बयान लिइएकाे थियाे।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, कास्कीको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारीलगायतको रकम हिनामिनामा गरेकाे आरोप छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया