बिएल संवाददाता
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौँले एमाले प्रदेश सांसदसमेत अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो।
मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनीविरुद्ध मुद्दा नचलाउने निर्णयसहित जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र पेस गरेको छ।
मानव तस्करी प्रकरणमा अधिकारीसँगै पक्राउ परेका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।
अधिकारी मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका थिए।
अधिकारीमाथि गत कार्तिक १३ गते आफू जापान जाने क्रममा आफूसँगै मन्त्रालयको नक्कली कागजात बनाएर तीन जनालाई लगेको आरोप लागेकाे थियाे।
मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नलिइ जापान उडेका उनलाई जापानको अध्यागमनले विमानस्थलबाट फर्काइदिएको थियो। त्यसपछि अधिकारीकाे चाैतर्फी विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
उनी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित भएका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया