महसुल नबुझाइ विद्युत जाेडे आन्दोलन गर्ने प्राधिकरणका कर्मचारीकाे चेतावनी

File Photo
File Photo

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सरकारविरुद्ध आन्दाेलन गर्ने चेतावनी दिएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार दिउँसो १२ बजेसम्म उद्याेगमा काटिएकाे विद्युत जोड्न निर्देशन दिएपछि कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

विद्युत् प्राधिकरणका दुईवटा कर्मचारी संगठनहरूले सरकारले प्राधिकरणकाे मानमर्दन गर्ने गरी विवाद सृजना गरेकाे भन्दै सर्वसाधारण जनालाई सूचित गरेर आन्दोलनको चेतावनी दिएका हुन्।

‘प्राधिकरणकाे मानमर्दन गरी थप विवाद सृजना गरिरहेकाे कुराप्रति हाम्राे गम्भीर आपत्ति रहेकाे छ’, उनीहरूले ऊर्जामन्त्री दीपक खड्कालाई पठाएको पत्रमा भनिएको छ, 'डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता रकम नबुझाई लाइन जोडिएमा सर्वसाधारण जनतालाई समेत सुसूचित गराई संघर्षका कार्यक्रमहरू दिन बाध्य हुने व्यहोरा अनुरोध गर्दछौँ।'

नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले ऊर्जामन्त्री खड्कालाई पत्र लेख्दै प्राधिकरण धरासायी हुने गरी सरकारले गरेकाे निर्णयविरुद्ध उत्रने चेतावनी दिएका छन्।


याे पनि...

 

प्रकाशित मिति: : 2024-11-11 12:01:00

प्रतिकृया दिनुहोस्