रविमाथि म्याद थप भएपछि नेता-कार्यकर्ता आक्रोशित, निषेधित क्षेत्र तोडेर प्रदर्शन (भिडियाे)

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउकाे विराेधमा प्रदर्शन जारी राखेका नेता कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेका छन्।

बिहीबार जिल्ला अदालत कास्कीले सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएपछि आक्रोशित भएका नेता कार्यकर्ताहरू निषेधित क्षेत्र ताेडेर प्रदर्शन गरेका हुन्।

निषेधित क्षेत्र तोडेर नाराबाजी गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।

पोखराकाे सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई गत शुक्रबार पक्राउ गरेर पोखरा लागिएको थियो।

जिल्ला अदालत कास्कीमा आइतबार उपस्थित गराइएका रविमाथि पक्राउ परेकै दिन शुक्रबारबाटै लागू हुने गरी ६ दिनको लागि म्याद थप भएको थियाे। पहिलाे म्याद सकिएपछि आज पुन: म्याद थपिएकाे हाे।

लामिछानेमाथि म्याद थप भएपछि नेता कार्यकर्ता आक्रोशित भएका हुन्। रास्वपाले सभापतिमाथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएकाे भन्दै शनिबारदेखि पाेखरामा प्रदर्शन गर्दै आइरहेकाे छ। 

प्रकाशित मिति: : 2024-10-24 15:50:00

प्रतिकृया दिनुहोस्