रास्वपाका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल, पानीको फोहोरा र अश्रुग्याँस प्रहार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउकाे विराेधमा नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न सुरुमा पानीको फोहोरा हानेको थियो। तर भिड पछि नहटेपछि प्रहरीले अश्रुग्याँस हानेको छ।

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर जिल्ला प्रशासन अगाडि पुगेर अहिले पनि नाराबाजी गरिरहेका छन्। प्रदर्शनकारी र प्रहरी धकेलाधकेल भएपछि अवस्था तनावग्रस्त बनेको छ।

प्रदर्शनलाई ध्यानमा राखेर ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रहरीले शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई अहिले जिल्ला अदालत कास्कीमा उपस्थित गराइएकाे छ।

प्रकाशित मिति: : 2024-10-20 14:42:00

प्रतिकृया दिनुहोस्