केपी ओलीकाे सरकार रहेसम्म याे देशले धेरै दुख पाउँछ: रवि लामिछाने (भिडियाे)

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओलीको सरकार रहेसम्म देशले धेरै दुःख पाउने बताएका छन्।

आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा उनले पत्रकारहरुसँगको कुराकानीमा यस्ताे बताएका हुन्।

‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ। तर केपी ओलीकाे सरकार रहिरहने हो भने याे देशले धेरै दुख पाउँछ। त्यसैले याे अधिनायकवादी सरकारकाविरूद्ध यहीबेलामा देशैभरिबाट जाे-जाे जहाँ-जहाँ हुनुहुन्छ मेराे लागि हाेइन, देशकाे लागि बाहिर निस्किनुपर्ने बेला आउँछ’, उनले भने।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले यो सरकार रहुन्जेलसम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहने बताए।

याे सरकार नढलेसम्म र केपी ओलीको शासन सत्ता रहेसम्म यस्ताे अपराध भइरहने दाबी गरे।

‘याे सरकार नढलेसम्म, केपी ओलीको शासन सत्ता रहिरहेसम्म यस्ताे अपराध भइरहन्छ। भ्रष्टाचारीलाई संरक्षण गरेर, भ्रष्टाचारकाे जगमा उभिएर अर्कालाई ठग भनेर झुठा मुद्दा लगाउने, यस्ताे छानबिन भयाे भने, मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै याे देशकाे भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने।

प्रकाशित मिति: : 2024-10-20 14:11:00

प्रतिकृया दिनुहोस्