सय दिनमा परिणाम देखाउने गरी काम गर्न नसकिने रहेछ: उपप्रधानमन्त्री सिंह (भिडियाे)

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सय दिनमा उल्लेखनीय काम गर्न नसकेको बताएका छन्।

आइतबार आफ्नाे कार्यकालकाे सय दिन पुगेकाे अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री सिंहले राम्रो काम गरेर नतिजा देखाउनको लागि समय लाग्ने बताएका हुन्।

उनले भने, ‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले खास गरी लक्ष्यअनुसार धेरै कामहरु गरिसकेको छ। तर आउना साथ जादुको छडी कसैसँग छैन। सहर बनाउने कुरा सय दिनमा बन्दैन। जे जे समस्याहरु छन्, ती चाहिँ सम्बोधन गर्नको लागि समय लाग्ने गर्छ। तर पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौँ। तर कुनै उल्लेखनीय काम मैले जादु नै गरेँ भन्ने अवस्था चाहिँ छैन।’

साथै उनले सहरहरु व्यवस्थित गर्नको लागि नीति नियममा जोड दिनुपर्ने बताए। उनले सहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि आग्रह गरे।

उनले जे काम गरे पनि खुला रुपमा गर्न चाहेको बताए। उनले मिडियामा समाचारहरु नराम्रो कामको मात्र आउने तर राम्रो काम गरेको समाचार नआउँदा दुःख लाग्ने गरेको बताए। 

प्रकाशित मिति: : 2024-10-20 11:51:00

प्रतिकृया दिनुहोस्