रवि लामिछाने पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्। लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टाेलीले पार्टी कार्यालयबाट पक्राउ गरेको हो।

पक्राउअघि रास्वपा कार्यालय अगाडि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दाबी गरेका छन्।

उनले राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफूलाई पक्राउ गरेको बताउँदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका थिए।

उनले आफूले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए। छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी गरे।

प्रहरीले लामिछानेलाई आजै सडकको बाटो हुँदै पोखरा लैजाने भएको छ।

भिडियाे :

सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी

प्रकाशित मिति: : 2024-10-18 19:42:00

प्रतिकृया दिनुहोस्