लुम्बिनीका मुख्यमन्त्रीले सरकारी गाडी फिर्ता गरे

Break n Links
Break n Links

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैं बिदामा सरकारी गाडी फिर्ता गरेका छन्। दसैं मनाउन गृहजिल्ला अर्घाखाँची पुगेका उनले अहिले निजी सवारी प्रयोग गरिरहेका छन्। 

निजी सवारी साधन प्रयोग गरेर जिल्ला तहमा भेटघाट थालेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

उनले आफ्ना सुरक्षाकर्मीले प्रयोग गर्दै आएको सरकारी लु १ झ ४९८ नम्बरको गाडी पनि दसैं बिदाभरिका लागि फिर्ता गरिदिएका छन्।

स्कर्टिङमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमै राखिएको छ।

‘सुशासनको सुरुवात आफैंबाट सुरु गर्नुपर्छ’, उनले भनेका छन्, ‘यो त्यत्ति ठुलो काम त होइन तर यसले दिने सन्देश भने गहिरो हुन्छ। आगामी दिनमा यसको धेरै ठुलो अर्थ रहनेछ।’

प्रकाशित मिति: : 2024-10-10 16:00:00

प्रतिकृया दिनुहोस्