मान्छेले जस्तै चपस्टिक्सकले नुडल्स खाइरहेको चिम्पान्जी

चीनमा एउटा चिम्पान्जीले मानिसले जस्तै चपस्टिक्सकले खाना खाने तरिका सिकेको छ। 

चीनको दक्षिणपश्चिमी चोङकिङ नगरपालिकाको एउटा संरक्षणगृहमा रहेको चिम्पान्जीले चपस्टिक्सकले नुडल्स खाने नयाँ सीप हासिल गरेपछि त्यहाँ पर्यटकहरुको भीड लागेको छ।

२३ वर्षीय युहुइ नाम गरेको चिम्पान्जीले मानिसहरुलाई चकित पारेको यो पहिलो पटक भने होइन । यसअघि क्यामेरा सफा गरेको, साबुन र ब्रशले लुगा धोएको साथै र प्लेटहरू सफा गर्दै गरेको भिडियोहरु कैद भएका थिए।

चिडियाखानामा बस्दै आएको युहुइले मानिसको नक्कल गरेर धेरै सीपहरू हासिल गरिसकेको छ।
 

प्रकाशित मिति: : 2024-10-10 13:56:00

प्रतिकृया दिनुहोस्