दशैं बिदा मनाउने साेचमा हुनुहुन्छ? यी हुनसक्छ उत्कृष्ट गन्तव्य

Break n Links
Break n Links

दशैं सुरू भइसकेकाे छ। नेपालीहरूकाे महान चाड दशैं सुरू भएसँगै मानिसहरूले घुम्ने याेजना पनि बनाउन थालेका छन्। 

तर दशैं बिदा मनाउन त जाने तर कहाँ जाने भनेर धेरै मानिसहरू अन्याेलमा परेका हुन्छन्। देशभर घुम्ने गन्तव्य धेरै छन्। तर उत्कृष्ट कहाँ छ? 

आज हामीले उनै अन्याेलमा रहेका मानिसहरूलाई दशैं बिदा मनाउनका लागि सहज र उत्कृष्ट १० ठाउँहरूबारे कुराकानी गर्दैछाैं–

१. इलाम 

पूर्वी नेपालमा अवस्थित इलाम पर्यटकीय ठाउँ हो। चिया उत्पादनको लागि प्रसिद्ध यस जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन्।

विविध हावापानी भएको यस क्षेत्रमा चिया बगानको सुन्दरता देख्न पाइन्छ। यसका साथै पर्यटकहरूले सोन्दर्यताको आनन्द लिनसक्छन्। 

इलाम पुग्न काठमाडौंबाट हवाई तथा सडक मार्गको प्रयोग गर्न सकिन्छ। इलाममा सुन्दर चिया बगान र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ।

२. पोखरा 

गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरा पर्यटकीय मुख्य गन्तव्य हो। आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पोखरा पर्ने गरेको छ। 

फेवातालको सौन्दर्यता, हिमाल तथा प्याराग्लाइडिङ समेत गर्न पर्यटकहरू पोखरा जाने गरेका छन्। उपत्यकाबाट हवाई मार्ग मार्फत करिब आधा घण्टा र सडक मार्गबाट करिब ५ घण्टामा पोखरा पुग्न सकिन्छ।

३. मुक्तिनाथ

मुस्ताङको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मालम्बीहरूको प्रसिद्ध तिर्थस्थल हो। सोही मन्दिरको दर्शन गर्न वर्षेनी हजारौं पर्यटकहरूको आवागमन हुने गरेको छ।

समुद्र सतहबाट ३ हजार ८०० मिटर उचाइमा रहेको मुक्तिनाथ सुन्दर प्राकृतिक दृश्वालोकनको लागि अनुपम गन्तव्य मानिन्छ। काठमाडौंबाट गाडीमा पोखरा, बेनी हुँदै  मुक्तिनाथ पुग्न सकिन्छ।

४. जनकपुर

धनुषाको रामजानकी मन्दिर एउटा धार्मिक पर्यटकीय गन्तव्य हो। यस क्षेत्रमा विशेषगरी, भारत र स्वदेशबाटै पनि दर्शनार्थिहरू आउने गरेका छन्।

उपत्यकाबाट हवाई तथा सडक मार्गबाट यस ठाउँमा पुग्न सकिन्छ।

५. सौराहा

चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहा पर्यटकहरूको रोजाइमा पर्ने एक आकर्षक गन्तव्य हो। स्वदेशी तथा विदेशी पर्यटकहरू यस क्षेत्रमा घुम्न आउने गरेका छन्।

चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्नुका साथै निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गरेर आनन्द लिन सकिन्। उपत्यकाबाट भरतपुरसम्म हवाई तथा सडक मार्गबाट सजिलै चितवन पुग्न सकिन्छ।

६. नगरकोट

काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो। नगरकोटबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ।

नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ। सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ।

७.चित्लाङ

मकवानपुरको चित्लाङ चिसोको आनन्द लिने ठाउँ हो। काठमाडौंबाट २९ किलोमिटर दुरीमा रहेको चित्लाङमा बस्नका निम्ति होटल तथा होमस्टेको व्यवस्था छ। 

अहिले चित्लाङमा साहसिक खेल पाराग्लाइडिङको पनि मजा लिन सकिन्छ। चन्द्रगिरिको जंगलबाट पाराग्लाइडिङ गर्दै चित्लाङ पुगिन्छ। 

प्रकाशित मिति: : 2024-10-09 17:00:00

प्रतिकृया दिनुहोस्