दसैँ अवधिभर विमानस्थलहरू बिहान साढे ४ बजेदेखि खुल्ने

File Photo
File Photo

रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू दसैँ अवधिभर बिहान साढे ४ बजेदेखि खुल्ने भएका छन्।

बाढीपहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन भाेलि घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान साढे ४ देखि राति १२ बजेसम्म उडान सञ्चालन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।

‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७-३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण  विमानस्थलहरु  विहान ४:३० बजेदेखि राती १२:०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) संचालनमा आउने व्यवस्था मिलाइएको छ’, प्राधिकरणले भनेकाे छ। 

प्रकाशित मिति: : 2024-10-02 16:06:00

प्रतिकृया दिनुहोस्