बुधबारको विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा तोकिएको छ।

त्यसैगरी, केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा कायम छ।
 
साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ११ पैसा र बिक्रीदर १३ रुपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

प्रकाशित मिति: : 2024-10-02 09:43:00

प्रतिकृया दिनुहोस्