एभरेष्ट महिला भलिबल लिगमा कर्णालीको लगातार दोस्रो जित

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ।

मंगलबार सम्पन्न खेलमा कर्णालीले गण्डकी थण्डर्सलाई ३-२ को सेटमा पराजित गरेको हो।

खेलको पहिलो सेट गण्डकीले २५-१५ ले जितेको भएपनि कर्णालीले खेलमा कम ब्याक गर्दै दोस्रो र तेस्रो सेट २५-२२ र २५-१७ ले जितेको थियो। त्यसपछि खेलमा गण्डकीले कमब्याक गर्यो र चौथो सेट २५-१९ ले जितेर २-२ को बराबरी गर्यो। त्यसपछि कर्णालीले अन्तिम तथा निर्णायक सेट १५-११ ले जितेर गण्डकीलाई स्तब्ध बनाएको थियो।

यो कर्णालीको लगातार दोस्रो जित हो भने गण्डकीले लगातार दोस्रो हार बेहोरेको छ।  

प्रकाशित मिति: : 2024-10-01 18:45:00

प्रतिकृया दिनुहोस्