भासियो दाउन्ने सडक, यात्रु बाटोमै अलपत्र

बिएल संवाददाता

नवपरासी (पूर्व)
तस्बिर: सफल पोष्ट
तस्बिर: सफल पोष्ट

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ। चार लेनको सडक सोमबार साँझ साढे ४ बजे पूर्णरुपमा भासिएपछि अहिले पूर्व–पश्चिम राजमार्ग ठप्प भएको छ। 

सडक भासिदा यात्रारत यात्रुहरू सडकमै अलपत्र परेका छन्। 

सडक खुलाउने प्रयास भए पनि तत्काल अहिले सडक खुलाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी रेशम बोहोराले बताए। 

साथै सडकको माथिल्लो भागमा रहेको विद्युत हाइटेन्सन लाइनको टावर पनि ढलेको छ। जसले पश्चिममा विद्युत अवरुद्ध भएको छ। 

प्रकाशित मिति: : 2024-09-30 19:01:00

प्रतिकृया दिनुहोस्