सुनको मूल्यमा नयाँ कीर्तिमान, ताेलामा कति?

Break n Links
Break n Links

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेकाे छ।

सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १९२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-09-23 11:05:00

प्रतिकृया दिनुहोस्