क्यानडाविरुद्ध टस जितेर फिल्डिङमा नेपाल

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा नेपालले क्यानडाविरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेकाे छ।

ओन्टारियोस्थित किंग सिटी स्टेडियममा क्यानडाविरुद्धको यस खेलमा नेपालले टस जितेको हाे। नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्।

यस खेलमा खेल्ने प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्।

नेपालले लिग-२ मा अहिलेसम्म ४ खेल खेलेको छ। जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ।

प्रकाशित मिति: : 2024-09-16 20:43:00

प्रतिकृया दिनुहोस्